नियम ४२
गैर काष्ठ वन पैदावार र जडीवुटी उपयोग गर्न पाइने
(१) प्रचलित कानूनबमोजिम निषेध गरिएका गैर काष्ठ वन पैदावार र जडीवुटी बाहेक संरक्षण क्षेत्रभित्र पाइने गैरकाष्ठ वन पैदावार र जडीवुटीको दिगो संकलन, उपयोग गर्न र संरक्षण क्षेत्रबाहिर लैजान स्वीकृत कार्ययोजना र प्राविधिक प्रतिवेदनका आधारमा परिषद्ले इजाजत दिन सक्नेछ ।
(२) परिषद्ले गैर काष्ठ वन पैदावार र जडीवुटी संकलन गर्न र क्षेत्रबाहिर लैजान इजाजतवापत लाग्ने दस्तुर तोक्नेछ ।
तर त्यसरी तोकिने दस्तूर वन नियमावली, २०५१ बमोजिम तोकिएको दस्तूरभन्दा कम हुने गरी तोक्न सकिने छैन ।
(३) संरक्षण क्षेत्रबाट संकलन र उपयोग गर्न तथा संरक्षण क्षेत्रबाहिर लैजान पाइने गैर काष्ठ वन पैदावार र जडीवुटीको सूची परिषद्ले निर्धारण गर्नेछ ।
(४) उपनियम (३) बमोजिम निर्धारित गैर काष्ठ वन पैदावार र जडीवुटी संरक्षण सामुदायिक वनको भएमा त्यस्ता गैर काष्ठ वन पैदावार र जडीवुटीको दिगो संकलन,उपयोग र संरक्षण क्षेत्रवाहिर लैजान सम्बन्धित समितिका अध्यक्षको सिफारिस र नियम ५७ को उपनियम (१) बमोजिम नेपाल सरकारले खटाएको प्राविधिकको प्रतिवेदनको आधारमा परिषद्को अध्यक्षले इजाजत दिन सक्नेछ ।
(५) उपनियम (२) बमोजिम जडीवुटीको संकलन, उपयोग गर्न र संरक्षण क्षेत्रबाहिर लैजान इजाजत दिएको अवस्थामा सो वापत प्राप्त हुने दस्तुरको पचहत्तर प्रतिशत रकम जुन समितिको क्षेत्रबाट इजाजत दिएको हो, सोही समितिलाई परिषद्ले उपलब्ध गराउनु पर्नेछ ।
(६) यस नियम बमोजिम कुनै जडीवुटी संकलन, उपयोग गर्न वा संरक्षण क्षेत्रबाहिर लैजान चाहने व्यक्ति वा संस्थाले अनुसूची–१२ बमोजिमको ढाँचामा परिषद् समक्ष निवेदन दिनु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम निवेदन पर्न आएमा परिषद्ले अनुसूची– १३ बमोजिमको ढाँचामा जडीवुटी संकलन इजाजत दिन सक्नेछ ।
(८) उपनियम (७) बमोजिम संकलित जडीवुटी संरक्षण क्षेत्रवाहिर लैजान परेमा अध्यक्षले अनुसूची–१४ बमोजिमको ढाँचामा छोडपूर्जी दिनेछ ।
तर त्यसरी छोडपूर्जी दिनुअघि अध्यक्षले जडीवुटी संकलन गर्न दिएको परिमाणअनुसार भए–नभएको जाँचवुझ गर्न सक्नेछ ।
(९) संरक्षण क्षेत्रवाहिरबाट कुनै जडीवुटी संरक्षण क्षेत्रभित्र ल्याउनु परेमा वा संरक्षण क्षेत्रको वाटो प्रयोग गरी अन्यत्र लैजान चाहने व्यक्ति वा संस्थाले सो जडीवुटी त्यसरी लैजान सम्बन्धित जिल्ला वन कार्यालयबाट जारी गरिएको इजाजतपत्र अध्यक्षसमक्ष पेश गर्नुपर्नेछ र अध्यक्षले आवश्यक जाँचवुझ गरी त्यस्तो जडीवुटी संरक्षण क्षेत्रभित्र ल्याउन वा संरक्षणक्षेत्र बाहिर लैजान अनुमति दिनेछ ।